Monday, September 16, 2013

“बच्चु कैलाशका गीतहरु!”----Bachchu Kailash Songs


“बच्चु कैलाशका गीतहरु!”
Compiled by Rabin Rai, jan,2014.



Song List

1.         BAHAKINDO MAN TA BAHAKI NA JA
2.         TYO ANKHALE LAUNA MALAI MARYO
3.         MAYALE MERO MAYALE TADAI BASE PANI
4.         TADA TADA JANU CHA SATHI
5.         JUNELI RAATMA DILA KHOLI
6.         CHARILE BOLYO
7.         MAYA MAILE BOLAUNA
8.         BIRSEKO VAYE BITEKA KURA
9.         AAKASH BATA MA UDI
10.       KAHILE KAHI RUNE MERO GEET
11.       KO HO RE KO HO MUTU
12.       KASARI TUKRI GAYI GAYE YO KURA BINTI
13.       PARKHERA BASA TYO DADA PARI
14.       KALPANA KO GAGAN MUSKURAUNE
15.       MA PHULA HAINA
16.       HANS KHEL GARDA BASECHA DILA
17.       PAHARAMA BASA BASI JHARANAKO PANI
18.       ANKHAI BHARI MUTU BHARI
19.       CHANDRAMA TIMI BANI
20.       KOILIKO SWOR CHOREKO TIMILE
21.       MERO MANKO MADHUR GEETA MA TIMRO
22.       NABHANI DEU MERO MAYA CHA BHANERA
23.       BIRSANA HAINA HAMILE PIRATI LAYEKO
24.       YO HO GEETA TIMILAI YO HO PRITA TIMILAI
25.       RUNCHU NABHANA SAMJI MALAI
26.       HRIDAYA BHARIKO MERO SUVAKAMANA
27.       TIMLE TA HAINA TIMRA BHAKAHARULE
28.       HERA HAMRO DESH KATI RAMRO
29.       SAMJHANA KO DHAR LE
30.       PHULA TIPERA MAYAKO CHADAUDAI CHU
31.       UKALIMA KALLE GAYO GEETA SUNA RE
32.       HRIDAYA RINGAYERA BACHA JAB MADALA
33.       HRIDAYA MA BAATA HUNCCHAN
34.       KOYELI GAUNLA  BAN GUNJAULA




1.      BAHAKINDO MAN TA BAHAKI NA JA

Lyrics &  Music BACHHU KAILASH
बहकिँदो मन तँ बहकी जा
मायाको देश कहाँ कहाँ
आश नदेखा चंचल हवा


लहलह यो फूलमा फुलेको के
टहटह यो जुनमा मिलेको के
कलकल खोला चुल्बुल यो मन
आखिर मैले पाएको के
आँखामा आँशु मनमा ब्यथा
आश नदेखा चंचल हवा

पलपल यो बादलको बद्लिंदो रुप
खल्बल् गगनमा यो मनमा खुब
टाढाको माया नजिकै छायाँ
चोट दिलमा यो ओंठ चुप
यही नै हो मेरो जीवन कथा
आश नदेखा चंचल हवा




2.      TYO ANKHALE LAUNA MALAI MARYO
Lyrics &  Music BACHHU KAILASH

त्यो आँखाले लौन मलाई मार्यो
त्यो बोलीले लौन लाटो पर्यो
त्यो हाँसोलाई बिर्सनलाई धेरै गार्हो
तिमी मलाई जिन्दगीमा कस्तो प्यारो

एक्लै बसी दिउँसै पनि सपनामा देख्ने भएँ
आफैसित साँझ बिहान गुनासोमा पोखाइरहेँ
कहिले खोला जस्तो भएँ कहिले हावा जस्तो भएँ
जे जे भएँ आखिरमा तिम्रै निम्ति यस्तो भएँ
कलेजी समाउनेले नै मार्यो
मलाई हेरी टोल्याउनेले मार्यो

रुपको पनि नशा हुन्छ यो मलाई थाह थिएन
परेलीको भाषा हुन्छयो पनि   थाहै थिएन
आँखा आँखा जुझिदिन्छ मुटु मुटु अल्झिदिन्छ
यस्तो पनि हुँदो रहेछयस्तो मलाई थाहै थिएन
घुम्टोबाट चियाउनेले नै मार्यो
झझल्कोमा  आउनेले नै मार्यो



3.      MAYALE MERO MAYALE TADAI BASE PANI
Music : BACHHU KAILASH
Lyrics: MA.BI.BI.SHAH

मायाले मेरो मायालेटाढै बसे पनि
नसंझेरै पनि रुवाऊछ किन यो मायाले

ओंठको हाँसो खोसेर लग्यो पापीले
संझनामात्र छोडेर गयो बैगुनीले


आकाशभरि आकाशभरिका ती तारा घर फर्किए
मेरो साथी फर्केन घर  पर्खिएँ



4.      TADA TADA JANU CHA SATHI
Lyrics & Music: BACHHU KAILASH

टाढा टाढा जानू साथी एकफेर हाँसिदेऊ
छुटिसकेको मायालाई साथी एकफेर गाँसिदेऊ

यो फूलबारी उजाडिएला केहि छिन बसेथ्यौं
बहानै सही आँखामा आँशु लिएर रोएथ्यौं

कहीँ गएर अल्मलिएर भूलेर बसौंला
कहिलेकाहिँ संझना आए रोएर टारौंला



5.      JUNELI RAATMA DILA KHOLI
Lyrics & Music: BACHHU KAILASH

जूनेली रातमा दिल खोली
दोहोरी गाउन मन लाग्यो
यो ठाऊँमा नमर्ने
पिरती गाँस्न मन लाग्यो
दोहोरी गाउन मन लाग्यो

कलकल नदीको तालमा
चिर्विर चरिकको बोलमा
सुरिलो भाका छोपेर
गाउन मलाई मन लाग्यो
नाचन मलाई मन लाग्यो

आकाशको जूनले धर्तीको कुना कुनामा
रसिलो  माया  लाए झैं
यो देशकोक कण कणमा
यो ठाऊँमा नमर्ने पिरती गाँस्न मन लाग्यो
दोहोरी गाउन मन लाग्यो



सगरको माझमा चम्कि बस्ने तारालाई
घरमाथिको लेकमा बोलाई हेर्न मन लाग्यो
सँग सँगै खेल्न मन लाग्यो
यो ठाऊँमा नमर्ने पिरती गाँस्न मन लाग्यो
दोहोरी गाउन मन लाग्यो



6.      CHARILE BOLYO
Lyrics &  Music BACHHU KAILASH

चरीले बोल्यो के बोल्यो बुझ्ने को
भुरुभुरु उडी गइहाल्छ कतैतिरगइहाल्छ कतैतिर

पहराको ढुंगामा बस्छ किन
छहराको गीतमा झुल्छ किन
कुन कुन देशमा घुमी फिरि
फेरि यहाँ आएर रुन्छ किन
यो कस्तो कथा हो यो कस्तो ब्यथा हो
यो कस्तो अनौठो जीवन


उडिजाने पखेरु जान्छ कहाँ
यहाँपर काँ पुग्ने कहाँ
यति ठूलो आकाश वरिपरि
कुन नव संसार खोज्छ यहाँ
यो मिलन पो हो कि यो बिछोड पो हो कि
या केही नहुनुको नशा



7.      MAYA MAILE BOLAUNA
Lyrics &  Music BACHHU KAILASH

माया मैले बोलाउनू हुन्छ कि हुँदैन
तिमीलाई मैले केहि भन्न हुन्छ कि हुँदैन
चन्द्रमा हेरी संझिनु हुन्छ कि हुँदैन
कल्पना गरी कल्पिनु हुन्छ कि हुँदैन


बादल पारि संसार रे मैले भेटिनँ
फुलेको यौवन वइलि नझर्ने ठाउँ नै देखिनँ
संसार यही बसाउनु हुन्छ कि हुँदैन



एउटा सानो फूलको थुंगा हातमा लिऊँला
तिमीले माने त्यो फूलकोक थुँगा तिमीलाई दिऊँला
केही बिन्ति सुनाउनु हुन्छ कि हुँदैन



8.      BIRSEKO VAYE BITEKA KURA
Music: BACHHU KAILASH  Lyrics: MA.BI.BI.SHAHA

बिर्सेको भए बितेका कुरा पापीको मनले
संझायो होला पुरानो माया त्यो चिसो हावाले
लेकाली फूल शीतका थोपा फूलका मुनाले
बिउँझ्यायो होला सुतेको माया बिहानी पखले

त्यो मुटुबीच गडेको याद जमेको हिऊँले
संझायो होला पुरानो माया चर्केको घामले
उडेको देखी जुरेली जोडी आकाश रंगले
बिउँझ्यायो होला सुतेको माया  साँझको यामले
संझायो होला पुरानो माया त्यो चिसो हावाले

सुतेको बेला सपना देखी खुलेको आँखाले
संझायो होला पुरानो माया जूनको छायाँले
बगेका गाजल नयनबाट निस्केका आँशुले
बिउँझ्यायो होला सुतेको माया पुरानो यादले
संझायो होला पुरानो माया त्यो चिसो हावाले



9.      AAKASH BATA MA UDI
Music: BACHHU KAILASH   Lyrics: SHANTI SING

आकाशबाट उडी आउने थिएँ नभुली
तिमीले मलाई प्रीती दिए एकफेर मात्रै डाकिदिए

एकलासे वन एक्लो मन
जीवन बग्दो पानी टुट्दो एक कहानी
अनि झर्दो जवानी तिमीले मेरो हात थामिदिए
वचन मानिदिए हाँस्थ्यो कि जिन्दगानी
मुटुको धड्कन बनेर यौवनको तड्पन बनेर
तिमीले ममा छाइदिए स्वपना बनेर आइदिए



आऊँला एकदिन तिमीलाई खोज्न
रोज्न फूलको माझमा थाकी घाममा बास बस्न साँझमा
तिमीले मलाई रुने ठाऊँ दिए लुक्ने ठाऊँ दिएघुम्टोको माझमा
जुनेली रात हेरेर आँगनमा एक्लै बसेर
तिमीले मलाई संझिदिए संझेर एकफेर रोइदिए



10.  KAHILE KAHI RUNE MERO GEET
Lyrics &  Music BACHHU KAILASH

कैले काहिँ रुने मेरो गीत हराएछ
संझी संझी रुने संझना हराएछ
मुटुभित्र राखेको माया हराएछ
आज मेरो जिन्दगीको छायाँ हराएछ

सकिनँ मैले फूलको पातमा दुई थोपा आँशुले
पिरती मेरो लेखन कोर्न टुटेको भाकाले
आज मलाई जोबनको लोभ कति छैन
मै मरेर के हुने हो शोक कति छैन
एकान्तमा अलमल्लिने भाव हराएछ
मन यो बहलाउने गुनगुन हराएछ
मुटुभित्र राखेको माया हराएछ
आज मेरो जिन्दगीको छायाँ हराएछ

तिमी भए संसार मिल्छसँगसँगै देह जल्छ
झूठो वचन बोलिदिएछौ फूलको मन पोलिदिएछौ
आज मलाई कोही छक्काएर जान्छ
कोही मेरो पिरतीलाई लत्याएर जान्छ
भेट होला भन्दा भन्दै बैंश हराएछ
आज हिंड्दा हिंड्दै गोरेटो हराएछ
मुटुभित्र राखेको माया हराएछ
आज मेरो जिन्दगीको छायाँ हराएछ



11.  KO HO RE KO HO MUTU
Music: BACHHU KAILASH Lyrics: SHANTI SING
११) को हो रे को हो
मुटुमा मेरो माया भै बसेको
जहाँ नै जाऊँ जिन्दगी भरि छायाँ भई बसेको

झसंग पार्ने एकान्त ठाऊँमा कोइलीको स्वरमा
पिरती लाउने बिहानी पख फूलेको फूलमा
को हो रे को होरातमा मेरो जून भै खसेको
जहाँ नै जाऊँ जिन्दगी भरि छायाँ भई बसेको

खाएको छैन कसम कैले दुई हात थामेर
रोएको छैन गुनासो गरी अंगालो हालेर
को हो रे को हो परेली भित्र आँशु भै पसेको
जहाँ नै जाऊँ जिन्दगी भरि छायाँ भई बसेको



12.  KASARI TUKRI GAYI GAYE YO KURA BINTI
Lyrics &  Music BACHHU KAILASH

कसरी टुक्री गइगएँ यो कुरा बिन्ति नसोध
किन यस्तो भइगएँ यो कुरा बिन्ति नसोध

यो छातिमा कतिले टेकीगए कतिले मलाई लुटिगए
भागेर जाऊँ कहाँ धर्ती यहाँ मेरो प्रीत यहाँ
कसरी जल्दै गइगएँ यो कुरा बिन्ति नसोध

छोडी आएँ हाँस्ने खेल्ने किनारा अर्को किनारा  टाढा टाढा
टाढा मेरो रोइरहने प्रीत मदेखि धेरै टाढा
कसरी टुट्दै गइगएँ यो कुरा बिन्ति नसोध



13.  PARKHERA BASA TYO DADA PARI
Lyrics &  Music BACHHU KAILASH

पर्खेर बस त्यो डाँडापारी अवश्यै आउँछु
कुरेर बस यो डाँडावारी गीत गाउँछु

पिलपिले साँझको भोलि ननिभी हुँदैन
वारी पारी बिछोड सँधै कसैको हुँदैन
हृदयको आखिरी भाषा माया हो भनेर
गाँसेर बस प्रीतिका फूल मालामा उनेर
अवश्यै आउँछु कुरेर बस यो डाँडावारी
गीत गाउँछुपर्खेर बस त्यो डाँडापारी
अवश्यै आउँछु

शीतका थोपा परेका मुना फूलको शरिरले
दुई थोपा आँशु जडेर राख निस्केका आँखा मै
हुँदैन सँधै जुनेली रात प्रकृति तमाम
नलेऊ पीर नलेऊ सुर्ता बिछोडको घडीमा
अवश्यै आउँछु
कुरेर बस यो डाँडावारी गीत गाउँछु
पर्खेर बस त्यो डाँडापारी अवश्यै आउँछु



14.  KALPANA KO GAGAN MUSKURAUNE
Lyrics &  Music BACHHU KAILASH

कल्पनाको गगन
मुस्कुराउने चन्द्र बन
कैले होला त्यो दिन
जब होला मीठो मिलन


साउने झरी कुर्ली कर्ली भदौ पनि लाग्यो
लाग्छ शरद हट्छ बादल किन्तु आँशु झरी भै रह्यो
आँशु कैले थामिने मनको घाउ कैले पलाउने


पीर लिई दुब्लाएर छैन भोक निंद्रा
खोक्रो जस्तो शरिर भई छियाछिया मन भो होला
रुँदी होली बसेर मनको पीर एक्लै गाएर


बन्धनको क्यानरीले गाउँछ मीठो गीत
सुखी कि दुखी त्यो थाह कस्ले पाउन सक्छ
देख्छन् सबले हाँसेको देख्छ कल्ले मन जलेको



15.  MA PHULA HAINA
Lyrics &  Music BACHHU KAILASH

  फूल होइन मानिस भएँ विरह बोल्दछु
शीतको थोपा पर्दैन ममाम आँशु खोल्दछु

दिल हो मेरो अल्झिन्छ कहिँ
कहिँ खान्छ ठक्कर
झन चोट खान्छ झन् हु्न्छ कोमल
बन्दैन पत्थर
आकाश जस्तो हृदय रित्तो मैले पाइनँ
हेरी जो देख्छु देख्दिनँ भन्ने भावना पाइनँ
शीतको थोपा पर्दैन ममाम आँशु खोल्दछु



एकछिन को घटना होइन चटक्क बिर्सन
खोलाको कलकल चुलबुल होइन एक तिर्सना
इन्द्रेणी रंग मसँग छैन यौवन सिंगार्न
दुई शब्द मेरो के पुग्दैन तिमीलाई पुकार्न



16.  HANS KHEL GARDA BASECHA DILA
Lyrics &  Music BACHHU KAILASH

हाँस खेल गर्दा बसेछ दिल संझाउने कसरी
बेमानी रैछौ नभन मलाई बिर्सनु कसरी


आँखाले दियो मुटुले थाम्यो कसैले देखेन
मायाको कुरा मायाले बुझ्यो अरुले बुझेन
मादल यहाँ बजेको छैन मन लाग्छ नाचूँ कि
संसारको सारा सुखलाई त्यागी तिमीलाई रोजूँ कि


एक बाजि हाम्रो भइहाल्यो भेट सधैं नै भेटौंला
मनमा कुरा छन जति बाँकी ती सबै कहूँला
अप्ठेरो होला संकोच होला प्रीत को मामिला
केही होइन जस्तो नक्कल गरे मन तिम्रो रोइदेला
यसरी एउटै भएर छुट्टिनु कसरी



17.  PAHARAMA BASA BASI JHARANAKO PANI
MUSIC: BACHHU KAILASH  LYRICS: HEM HAMAL

पहरामा बास बसी छहराको पानी पिऊँला
सँग सँगै जिउन पाए जीवन हाँस्दै काटिदिऊँला

सुनकोशी को पानी जस्तै चोखो प्रीत लाउन पाए
दुई खोलाको दोभान जस्तै सधै भरि भेटन पाए
तेलकासा खेल्दै वनमा कन्दरामा गीत गाऊँला
सँग सँगै जिउन पाए जीवन हाँस्दै काटिदिऊँला

दुई छातिको दुइटा मुटुसाटिवरी राख्न पाए
चन्द्रमा चाँदनी झैं एकार्का हुन पाए
जुनेली भई हामी दुवै रातभरि टल्किदिऊँला
सँग सँगै जिउन पाए जीवन हाँस्दै काटिदिऊँला



18.  ANKHAI BHARI MUTU BHARI
Lyrics &  Music BACHHU KAILASH


आँखैभरि
दुई ओंठै भरि
मायालुको माया बस्यो छातिभरि
रातैभरिऔ दिनैभरि
दर्शनको प्यास बस्यो जिन्दगी भरि


चन्द्रमा चखेवा झैं हाम्रो भेट हुन्छ
कमल भवरा झैं हाम्रो कुरा हुन्छ
उसको मेरो मिलनमा सुखै सुख हुन्छ
आशै गरी विश्वासै गरी
उसको मलाई आश बस्यो सधैं भरि


एउटा मुटु दुइटा पारी दुइटा हामी हुन्छौ
विषभरि प्याला दिए सँगसँगै पिउँछौ
एउटै छहारीको मुनि जीवनबिताइदिन्छौ
लेकभरि हो बेसभरिउसको मेरो प्रीति फुल्यो संसारैभरि



19.  CHANDRAMA TIMI BANI
Lyrics &  Music BACHHU KAILASH

चन्द्रमा तिमी बनिरहू
जिन्दगीभर जून बनूँला
हृदयमा मेरो तिमी रहे
ढुकढकी भई धड्किरहूँला



पर्दैन जंजीर नाताको
हाँसो वा आँशु केही पनि
रुप तिमी बनिरहे छायाँ भई सँगै रहूँला



पर्दैन कलकल नदीको
सन्ध्याको सुखमय याम पनि
मौन यी आँखापिच्छै
तिमीलाई टाँसी टाँसिरहूँला



20.  KOILIKO SWOR CHOREKO TIMILE
Lyrics &  Music BACHHU KAILASH

कोइलीको स्वर चोरेको तिमीले
कसरी होला यो मेरो मुटु चोरेको तिमीले
यसरी होला सुनेर जाऊ

बादलबाट चियाउँदछौ तिमी जुनेली बनी संगिनी बनी
आँखामा पनि आउँदछौ तिमी सपना बनी बिपना बनी
बिपना पनि सपना जस्तो कसरी होला यो मेरो मुटु चोरेको तिमीले
यसरी होला सुनेर जाऊ


बिर्सेको भाका संझेर गाइदेऊ आकाश ढाक्ने पिरती लाइदेऊ
पात नबोल्दै शीत नगल्दै मुटुको घाउ मुटुले छोइदेऊ
मलाई घायल पारेको तिमीले कसरी होला यो मेरो मुटु चोरेको तिमीले
यसरी होला सुनेर जाऊ



21.  MERO MANKO MADHUR GEETA MA TIMRO
Lyrics &  Music BACHHU KAILASH

मेरो मनको मधुर गीतमा तिम्रो संगीत बजिरहोस्
उर्लिरहोस् प्रीति हृदयमा जीवन आशा छल्किरहोस्

मेरो प्यारको नयाँ मुनामा तिम्रो माया बिन्दु परोस्
निर्मल नीलो आकाश झैं हाम्रो माया विशाल होस्

मेरो मुटुको माझमा तिम्रो धड्कन चलिरहोस्
शरिर दुई मन एक भई सपना विपना बनिरहोस्



22.  NABHANI DEU MERO MAYA CHA BHANERA
Lyrics &  Music BACHHU KAILASH

नभनिदेऊ मेरो माया भनेर
मेरो पनि कोहि यहाँ भनेर

मैले हाँस्न खोजें भनें फूल वइलिदिन्छ
मैले बाँच्न खोजें भनें रात फैलिदिन्छ
के गर्नू मेरो भाग्य मेरो भाग्य यस्तै यस्तै

मेरो कथालाई खोज्यौ भने धुलैधुल मिल्छ
जिन्दगी यो रोज्यौ भने भूलै भूल मिल्छ
अहिले पनि दिल मेरो दुख्तैछ दुख्तैछ



23.  BIRSANA HAINA HAMILE PIRATI LAYEKO
Lyrics &  Music BACHHU KAILASH

बिर्सन होइन हामीले पिेरती लाएको
वचन खाएकोदुई जना मिलेरसंसार हामीले पाएको

मनले मनलाई बाँधेको तनले तनलाई बाँधेको
छएउटाले अर्कोलाई चिनेको छपिरती पिरती मिलेको
तिमी आँखा नखोल सपना बोकेर आउँछु
सुस्तरी निदरी बनेर
दुई जना मिलेरसंसार हामीले पाएको


भोलिको दिन पर पर आजैको दिन तिमी हाँसिदेऊ
पग्लेर जाने यो जोवन हो रे आजैको दिन सम्हालेर लेऊ
दिल दिलको भयो मितेरी जीवनभरिको चरीको सरिको गरेर



24.  YO HO GEETA TIMILAI YO HO PRITA TIMILAI
Music: BACHHU KAILASH Lyrics: SHANTI SING

यो हो गीत तिमीलाई यो हो प्रीत तिमीलाई
सपनामा कथेथें बिपना गाएछु
संझीलेउ फररहृदयको पाना गनेर


उडिहिंड्ने चरीले  नाचिहिंड्ने परीले
मनको कुरा जानिनँ हात मेरो थामिनँ
आएको छु मायालु दिन्छौ कि मलाई शरण


पछ्यौरीको छेउमा मुटु मेरो अल्झेको
हाँसो खेल्ने ओंठमा विरह बसेको
दिलमा चैन छैन हजूर आँखामा आँशु बरबर

आश मेरो लामो जिन्दगी यो छोटोछ
तिमीलाई पाउनेमात्र एक धोको
कोसेली यो मायाको बिन्ति है फिर्ता नगर



25.  RUNCHU NABHANA SAMJI MALAI
Lyrics &  Music BACHHU KAILASH


रुन्छु नभन
संझी मलाई जुनेली रातैमा
भेटी मलाई सपनाको देशैमा
विरही बन्छु नभन


मन मनको पूजा हो यो
तिमीलाई सदा मेरो प्यार
तिमी हाँसिरहू त्यो किनार
बाँचिरहूँ यो किनार
परेलीमा तिमीलाई राखी निदाऊँला
बिहानीको जुनमा बिउँझी बोलाऊँला
बिहानीको बिहानीको जुनमा बिउँझी बोलाऊँला


जब फूलहरु रोइदिन्छन
तिमी त्यहाँ गइहेर्नू
मेरा जीवन सपनाहरु
त्यही फूलसँग सोध्नू
तिमी आउने बाटोमा हेरिबसूँला
आउने साथी आइदेऊ कुरिबसूँला



26.  HRIDAYA BHARIKO MERO SUVAKAMANA

Music: NATIKAJI/SHIVASANKAR Lyrics: KIRAN KHAREL

हृदय भरिको मेरो शुभकामना तिमीलाई
शुभकामना तिमीलाई
मेरो उमेर लिएर तिमी धेरै बर्ष बाँच
तिम्रो आँशू लिन्छु तिमी सुखसँग हाँस


हिंजोको दिन बितिसक्यो हिंजो एक कहानी हो
आजै हामी बाँच्नुपर्छ यो आउने बिहानी हो
अँध्यारोमै रम्दछु म तिम्रो छेउ बत्ती बलोस
भोलि फेरि लाग्ने घामले तिम्रो आँगन झलमल होस

जीवन हो यो जीवनमा धेरै थोक सहनुपर्छ
छातिभरि आँधी रोकी  चुप लागि बस्नुपर्छ
पीर जति   लिन्छु  तिमीलाई खुशी जाऊन्
तिमी हिंडने बाटोभरि वसन्ती फूल छाऊन



27.  TIMLE TA HAINA TIMRA BHAKAHARULE

Music: NATIKAJI Lyrics: CHETRA PRATAP ADHIKARI
तिमीले होइन तिम्रा भाकाहरुले
मेरो मुटु छोइसकेछन्
मैल पनि होइन मेरा आँखाहरुले
तिम्रो लागि रोइसकेछन्

त्यसै त्यसै कस्तो गाढा
माया बसेको
धुँदा पनि जाँदै नजाने
माया भन्ने यस्तो हो कि मलाई मात्र यस्तो
रुँदा पनि जाँदै नजाने

एकोहोरो माया हो कि के भनेर सोधूँ
मलाई पीर पर्नु पर्यो नि
सपनीमा त्यति गाढा
बिपनीमा टाढा
यो मायाले गर्नु गर्यो नि



28.  HERA HAMRO DESH KATI RAMRO

हेर हाम्रो देश कति राम्रो
जहाँ धरती गगन मिलेको
जहाँ एकले अर्को सँग
अमर माया गाँसेको


हामी यहाँको ढुंगालाई
टुक्रा हीराको संझन्छौ
माटोको सानो चुलीलाई
मुटुको टुक्रा संझन्छौ
जहाँ पुर्खाहरु शहीद भए
त्यहाँ  आज फूल फुलेको

हामीलाई हाम्रै भर
कसैको आड चाहिन्न
वीरको छाति लाख
कसैको केही चाहिन्न
जहाँ आज हामी टेकेका छौं
त्यहाँ रगतले भिजेको



29.  SAMJHANA KO DHAR LE

संझनाको धारले  कल्पनाको छातिमा
पार्यो छिया मायाले सपनी जुनीमा

पूर्णिमाको रातमा गर्मीको याममा
बादलुले पोखेको सिमसिमे पानीमा
त्यो नीलो नभमा बादलुको आडमा
चन्द्रमाको चाँदनी पर्वतमालामा
पार्यो छिया मायाले सपनी जुनीमा


मादलुको तालमा बाँसुरीको सुरमा
सु्स्केरामा गीत भरी रमाइलो रातमा
बारीको आलीमा सुनसान रातमा
बोल्छ चरी छेउको ऐंसेलु घारीमा
पार्यो छिया मायाले सपनी जुनीमा
चिसो चिसो बतासमा खोलाको तीरमा
नाची नाची घुम्छ को हो आँखाको नानीमा




30.  PHULA TIPERA MAYAKO CHADAUDAI CHU

Music: Bhupendra Rayamajhi
Lyrics: Shailesh Acharya

फूल टिपेर मायाको चढाउँदैछु मायालुलाई
गम्किन्छ सुबास अवश्य एकदिन त्यो मुटुको अन्तर भित्र
धुन बुनेर हृदयको मायाको सुनाउँदैछु मायालुलाई
बज्नेछ गीत अवश्य एकदिन त्यो मुटुको अन्तर भित्र

मायालाई मेरो उपहास गर्ने मायालु तिमी अबोध छौ
जल्नेछ ज्योति एकदिन त्यो मुटुको अन्तर भित्र

ढुकढुक गर्ने छातिमा तिम्रो आज अर्कै सरगम
बज्नेछ धुन अवश्य एकदिन त्यो मुटुको अन्तर भित्र

रित्ता छन तिम्रा सपना सारा आँखामा पर्दा लागेका छन्
भर्नेछ रंग अवश्य एकदिन त्यो मुटुको अन्तर भित्र





31.  UKALIMA KALLE GAYO GEETA SUNA RE

उकालीमा कल्ले गायो गीत सुन रे
एकै स्वर एकै लहर बाटो हिंड रे

डाँडामाथि गोरेटो बनको किनारामा
त्यो गीतले जरा हाल्यो मेरो हियारमा
भावनाका फूल तिम्रा फूल उन रे
एकै स्वर एकै लहर बाटो हिंड रे

तरतर खसेका छन् पसीनाका धारा
लेकमाथि झुल्केका छन् नेपालका तारा
नयाँ नेपाल बनाउने यिनै हुन रे
एकै स्वर एकै लहर बाटो हिंड रे



32.  HRIDAYA RINGAYERA BACHA JAB MADALA

हृदय रिंगाएर बज्छ जब मादल
देख्छु कुना कोरेको कान्छीको गाजल

पल्लो घर भाले जब बास्दछ भोरमा
संझन्छु कान्छी तिमी मनकै कुनामा
बसन्तको फूल जब फूल्दछ बनमा
संझन्छु कान्छी तिमी मनकै कुनामा

कोयलीले बोल्छ जब बसेर रुखमा
संझन्छु कान्छी तिमी मनकै कुनामा
पहराको खस्छ जब छहरा भीरमा
संझन्छु कान्छी तिमी मनकै कुनामा



33.  HRIDAYA MA BAATA HUNCCHAN
Lyrics: Kanchan Pudasaini  M: Nhyu Bajracharya

हृदयमा बाटा हुन्छन्  त्यही पनि भेट हु्न्छ
एकान्तमा बढ्दै जाने संझनाको बोट हुन्छ
आफन्तले दूख पाए पीर लाग्छ त्यसै पनि
त्यसैले आउँदछु  तिमीलाई हेरुँ भनी

राम्रो थियो बानी तिम्रो अनुहार पनि राम्रो
देखाएरै हिँडु जस्तो माया प्रीति थियो हाम्रो
तिम्रो माया लागेकै छ अर्कै घर रोजे पनि
त्यसैले आउँदछु  तिमीलाई हेरुँ भनी

मेरो एउटा साथी भेट्दा  तिमी बोल्नै सकिनौ रे
रातभरि बत्ती बाली एक्लै रोए जस्ती छौ रे
न्याय भन्ने कुरो सधैं पाइँदैनँ घरमा पनि
त्यसैले आउँदछु  तिमीलाई हेरुँ भनी




34.  KOYELI GAUNLA  BAN GUNJAULA
BACHHU KAILASH       SHYAM DAS BAISNAB
कोयली गाउँला  बन गुञ्जाउँला
हाय हाय हाय
निष्ठुरीको संझनालाई संझाई
मन मेरो रुवाऊँला
हाय हाय हाय
गइ गइन् निठुरी बन्दै

बिहानी आउँला घामले चियाउँला
निठुरी को चालामाला देखाई मन मेरो रुवाऊँला
लौ लौ  गइ गइन् बन्धन बन्दै
हाय हाय गइ गइन् निठुरी बन्दै

जुनेली छाउँला न्याऊली गाउँला
....को भावनाले जिस्क्याउँदै नजर लगाऊँला
लौ लौ  गइ गइन् बन्धन बन्दै
हाय हाय गइ गइन् निठुरी बन्दै

Bachhu Kailash has sang 40 songs, lyrics which are not included here are Bho bho naro jureli chari, Bipanika Sara katha, Maya Chha hai, Naam Chhan sayou and Pardesh jaane, Titari pankhi and Larke joba gayena.

6 comments:

  1. Hello Rabin Raiji. By any chance do you know where I can get all the above songs (audio)? I love Bacchu Kailash's songs a lot! Thank you! :-)

    ReplyDelete
  2. Paradesh jane dai
    Nepalko maayaa lai
    Birsi gaye paap laaglaa hai
    Janmiyeko thaulai ramailo yo gaun lai birsigaye paap laglaa

    ReplyDelete
  3. वाह ! हृदय देखिको भारी भारी धन्यबाद दिन चाहान्छु। Rabin and Renu प्यारो भाई बहिनीलाई यसरि नै सदा राम्रो कुराहरूको पहिचान गरि सबै सम्म पुर्याउँने काम निरन्तर गरि रहनुहोला सदा माया अनि शुभकामना।

    ReplyDelete
  4. धेरै धेरै धन्यवाद तपाईलाई ।

    ReplyDelete
  5. it seems bachchu kailash has written most of his songs by himself. i didn't know that though i am a big fan of him. you have done a great job. i admire it. thank you mr. rabin rai. hats off to you!

    ReplyDelete