Tuesday, October 7, 2014

एक रात थियो भर्खरकै थियो - jitendra bardewa

एक रात थियो भर्खरकै थियो
उसँग मेरो प्रीत
म मुस्काउँदथेँ उ लजाउँदथी
त्यो रात नै उजेलो थियो
म छेउ सर्दथेँ, उ पर सर्दथी
त्यो भेट नै मौन थियो


केही भन्न खोजी उ अघि सर्दथी
तर बोली नै अल्झिदिन्थ्यो
केही भन्छु भनी म अघि सर्दथेँ
मेरो बोली नै अल्पिदिन्थ्यो
केही भन्न नपाई रात ढल्दै जाँदा
मन नमान्दै बिछोडिन्थ्यो
एक रात थियो भर्खरकै थियो
उसँग मेरो प्रीत

ऊ मेरै थिई म उसकै थिएँ
यो संसार नै अर्को थियो
प्राण धड्कन्दैथ्यो
मन चंचले थ्यो
हर सुस्केरा कम्पित थियो
म हेरिदिन्थेँ ऊ झुकिदिन्थी
यो आँखाले केही भन्दथ्यो
एक रात थियो भर्खरकै थियो
उसँग मेरो प्रीत
म मुस्काउँदथेँ उ लजाउँदथी
त्यो रात नै उजेलो थियो
म छेउ सर्दथेँ, उ पर सर्दथी
त्यो भेट नै मौन थियो

No comments:

Post a Comment