Tuesday, May 17, 2016

जून लाग्यो लेक ढाकी

जून लाग्यो लेक ढाकी
जून आउँछ राति राति
लहलहाई उठ्छ छाति
मन पलाउँछ राति राति
जून लाग्यो लेक ढाकी


जिन्दगीमा पीर धेरै
छट्पटी छन् वेदना छन्
मरिसकेका कल्पना छन्
भाँचिएका चाहना छन्
तै पनि यो जून अहिले
झल्मलाउँछ राति राति
मन पलाउँछ राति राति
जून लाग्यो लेक ढाकी


जिन्दगीको हाल संझी
आज हाहाकार गाएँ
दिनभरि नै पीर मानी
फेरि यौटा दिन बिताएँ
आज गहमा आँसु फेरि
टल्पलाउँछ राति राति
लहलहाई उठ्छ छाति
मन पलाउँछ राति राति
जून लाग्यो लेक ढाकी