Saturday, June 4, 2016

कतै टाढा तिमीबाट पुगेँ भने शब्द: बिक्रम गुरुङ संगीत स्वर: अरुण थापा



कतै टाढा तिमीबाट पुगेँ भने
कल्पेर नबस्नू
ठूलो छ संसार हजार छन् मुटु
आफैंमा हराई बर्बाद नहुनू




कति बात अधुरो छन्
कति थपिने पनि छन्
छातिभित्र गुम्सिएर सुनाउन
यो मन तरसने पनि छ
कतै टाढा तिमीबाट पुगेँ भने
यी मेरा भाका नभूल्नू
ठूलो छ संसार घुम्दै फिरी
तिम्रो सामु परे आँखा नतर्नू


कति फूल ओइलिएर झर्छ
कति रोएर जिउनेहरु छन्
च्यातिएका परिवेशमा आफूलाई
हराउनेहरु पनि छन्
हृदयको आँखाले हेर्नू
यो जग सधैं नै हँसिलो छ
रोएर हैन हाँसेर जिउनू
मेरो कामना यही छ


No comments:

Post a Comment