लेखलाई भावी मेट लाई को
आफ्नो आफ्नै लहना हो
बुझ है जीवन यस्तै हो
दुई दिने जीवन कथा यो
बाँचुञ्जेलको माया यो
हाँसो र आँसु झूटो हो
धन सम्पत्ति कसको हो
मरेर लाने के पो हो
बुझ है जन्म नै खोटो हो
गाँस है माया नै चिनो हो
हिंडडुल गर्ने मान्छे यो
केही दिनपछि कथा हो
पहेँला पात झरेँ झै
जीवन ओइली झर्ने हो
संझ है जीवन छोटै हो
संसारमा मान्छे त पाहुना हो